+
+

शिवसेनाको आयोजनामा खुला बास्केटबल प्रतियोगिता हुने, विजेतालाई १ लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १९:५२

६ पुस, काठमाडौं ।शिव सेना, ललितपुरको आयोजनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता पुस १५ गतेदेखि हुने भएको छ ।

बास्केटबल प्रशिक्षक र निर्णायक समेत रहेका अनमोल राईको स्मृतिमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिताको संयोजक अजय मानन्धरले जनाएका छन् । प्रतियोगिताको खेल लिगकम नकआउटका आधारमा खेलाइनेछ ।

यस्तै सहभागी टिमले विदेशी खेलाडीलाई पनि राख्न पाउने प्रावधान रहेको संयोजक मानन्धरले बताए । मानन्धरका अनुसार एक टिमले जति पनि विदेशी खेलाडी राख्न पाउनेछन् ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?