+
+

अमेरिकामा कोभिड राहत कोषबाट अर्बौं डलर ठगी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १३:१९

७ पुस, काठमाडौं । अमेरिकामा कोभिड महामारीपछि स्थापना गरिएको राहत कोषबाट अर्बौं डलर बराबरको रकम ठगी भएको छ ।

महामारी सुरु भएयता कोभिड-१९ राहत कोषबाट झण्डै १०० अर्ब अमेरिकी डलर बराबरको रकम अपराधीहरूले ठगेको अमेरिकाको सेक्रिट सर्भिसले जनाएको हो । गृह मन्त्रालयअन्तर्गतको सेक्रिट सर्भिसले अपराधिक क्रियाकलापको छानबिन गर्दै आएको छ । यसले पछिल्लो समय कोभिड राहत कोषबाट ठगी गरिएको रकम खोजेर असुलउपर गर्ने अभियानसमेत सुरु गरेको छ ।

सेक्रिट सर्भिसका अनुसार अमेरिकी सरकारले ‘पेचेक प्रोटेक्शन प्रोग्राम’ र ‘इकोनोमिक इन्जुरी डिजास्टर लोन प्रोग्राम’ जस्ता राहत कोषलाई दिएको ३.५ ट्रिलियन डलर रकममध्ये १०० बिलियन डलर जालसाजी गरेर निकालिएको छ । ठगी गरेर निकालिएको रकममध्ये अहिलेसम्म केबल २.३ बिलियन डलर (२ अर्ब ३० करोड) असुल गरिएको छ ।

मंगलबार सेक्रिट सर्भिसले विशेष एजेन्ट रोय डटसनलाई ठगी रकम फिर्ता गर्ने जिम्मेवारीसहित संयोजक तोकेको छ । र हाल अमेरिकी सरकारले रकम असुउपरका लागि ‘पेपल’ जस्ता निजी कम्पनीसँग मिलेर काम गरिरहेको छ ।

संयोजक डटसनले सीएनबीसीसँग कुरा गर्दै राहत कोषको दुरुपयोग गर्ने र व्यक्तिगत लाभका लागि कोषलाई निशाना बनाउने कार्य लज्जास्पद भएको बताएका छन् । यति ठूलो मात्रामा ठगी भएको पहिलो पटक देखेको पनि उनको भनाइ थियो ।

‘म २९ वर्षभन्दा बढी समयदेखि कानून पालना गराउने निकायमा छु र २० भन्दा बढी समयदेखि जटिल खाले ठगी अपराधको छानबिनसमेत गरेको छु’, डटसनले भने, ‘तर, यसअघि यति ठूलो मात्रामा ठगी भएको कहिल्यै देखेको थिइनँ ।’ अनलाइनबाटै  राहत कोषमा पहुँच हुने भएका कारण संगठित अपराधमा संलग्न मानिसहरूले यसबाट लाभ लिएको पनि उनको भनाइ थियो ।

एक हप्ताअघि कोभिड-१९ राहत कोषबाट ३३ लाख डलर निकालेर घर, महँगा  कार र निजी जहाज किनेको आरोपमा टेक्सासका एक व्यक्ति पक्राउ परेका थिए । त्यस्तै, टेक्सासकै अर्का एक व्यक्तिले कोषबाट १६ लाख निकालेर महँगा कार र घडी किनेको पाइएपछि नौ वर्ष जेल सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?