+
+

नबिल स्मार्टपोस सञ्चालनका लागि नबिल बैंक, दराज र आइमार्कबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १३:२८

काठमाडौं । नबिल बैंक, दराज र आइमार्कबीच नबिल स्मार्टपोस सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसले जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने बैंकले जनाएको छ ।

नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुनेछन् । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ ।

त्यस्तै, आइमार्कले बैंकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?