
७ पुस, काठमाडौं। उत्तरी म्यानमारस्थित जेड खानीमा पहिरो जाँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् ।
कचिन राज्यको हापाकान्त क्षेत्रमा बुधबार बिहान पहिरो गएको बीबीसीले जनाएको छ ।
खानीको बाहिरी भागमा अत्यधिक ढुङ्गा र माटो थुपार्दा पहिरो गएको हुन सक्ने बताइएको छ । पहिरोमा परी खानीको तलतिर रहेको तालमा रहेका दर्जनौं मानिस पुरिएको आशंका गरिएको छ ।
पहिरोमा परी कम्तिमा १ जनाको मृत्यु भएको छ । त्यस्तै, ७० जना हराइरहेका छन् । हाल उक्त क्षेत्रमा उद्वार तथा खोजी कार्य जारी रहेको स्थानीय अधिकारीले बताएका छन् ।
हापाकान्त क्षेत्रमा केही समयअघि गएको पहिरोमा परी कम्तिमा १० जनाको मृत्यु भएको थियो । त्यस्तै, गत वर्ष समेत सोही क्षेत्रको एक खानीमा गएको पहिरोमा परी १६० भन्दा बढी मानिसको मृत्यु भएको थियो । उक्त पहिरोमा ज्यान गुमाउनेमध्ये अधिकांश आप्रवासी थिए ।
प्रतिक्रिया 4