+
+
Shares

वातावरण इन्जिनियर समाज नेपालको अध्यक्षमा लोकेश सापकोटा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वातावरण इन्जिनियर समाज नेपालको अध्यक्षमा इन्जिनियर लोकेश सापकोटा निर्वाचित हुनुभएको छ ।
  • समाजको साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै वातावरण इन्जिनियरिङ क्षेत्रको क्षमता अभिवृद्धि र व्यावसायिक विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
  • सभाले सूर्यमान मेमोरियल स्कलरसिप फन्ड र प्रजुल योङ रिसर्च अवार्ड स्थापना गरी आगामी वर्षदेखि पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

१८ साउन, काठमाडौं । वातावरण इन्जिनियर समाज नेपालको अध्यक्षमा इन्जिनियर लोकेश सापकोटा निर्वाचित भएका छन् ।

समाजको साधारणसभाका अवसरमा उनी अध्यक्ष निर्वाचत भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा इ. पल्लवी कुँवर, महासचिवमा इ. निर्मल बाबु अर्याल, सचिवमा इ. युवराज दाहाल, कोषाध्यक्षमा इ. प्रिया श्रेष्ठ तथा कार्यकारी सदस्यहरूमा इ. अदिति सापकोटा, इ. अञ्जल बोहाजु, इ. अनुषा महर्जन र इ. अविनिश अधिकारी निर्वाचित भएका छन् ।

सभाले नेपालका प्रथम वातावरण इ. सूर्यमान शाक्यको स्मृतिमा ‘सूर्यमान मेमोरियल स्कलरसिप फन्ड’ तथा स्वर्गीय इ. प्रजुल मानन्धरको स्मृतिमा ‘प्रजुल योङ रिसर्च अवार्ड’ स्थापना गरी आगामी वर्षदेखि दुवै विधामा पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको समाजले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिले वातावरण इन्जिनियरिङ पेशाको व्यावसायिक विकास, क्षमता अभिवृद्धि, अनुसन्धान प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?