+
+

साफ यू १९ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते २१:३१

७ पुस, काठमाडौं । घरेलु टोली बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि बुधबार जितेको छ । ढाकामा फाइनलमा भारतलाई १-० ले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा नेपाललाई हराएर बंगलादेशले उपाधि जितेको थियो ।

बंगलादेशलाई उपाधि दिलाउन एनी मोगिनीले खेलको ८०औं मिनेटमा निर्णायक गोल गरिन् ।

राउण्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा बंगलादेश र भारत शीर्ष दुई स्थानमा रहेर फाइनलमा पुगेको थियो ।

पाँच राष्ट्र सहभागि प्रतियोगितामा नेपाल भने समूहमा तेस्रो हुँदै फाइनल पुग्न असफल भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?