+
+

सेन्ट्रल जोन महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपालको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १४:०९

८ पुस, काठमाडौं। एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा साविक विजेता नेपालले विजयी शुरूवात गरेको छ ।

बंगलादेशको ढाकामा बिहीबारदेखि शुरू भएको प्रतियोगिताअन्तर्गत रोमाञ्चक खेलमा नेपालले दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा हरायो ।

श्रीलंकाले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो। तर त्यसपछि नेपालले सानदार पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

नेपालले तेस्रो सेट २५-१५ ले जित्दै खेलमा पुनरागमन गर्‍यो । नेपालले चौथो सेट २५-१९ले जितेपछि खेल अन्तिम सेटसम्म लम्बिएको थियो ।
निर्णायक तथा अन्तिम सेट १५-१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो।

नेपालले दोस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ । आजै नेपालको पुरुष टोलीले घरेलु टोली बंगलादेशसँग खेल्दै यात्रा थाल्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउसो ४:४५ बजे शुरू हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्र सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?