
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।
काठमाडौंमा बिहीबार सम्पन्न साधारण सभाले बैंकको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
आव २०७७/७८ मा रु. ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । यो आवमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4