+
+
Shares

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते २०:०४

८ पुस, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर-४ निवासी ३० वर्षका मोटरसाइकल चालक पदम ढेगा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

दुर्घटनामा मोटरसाइकलमा सवार ३३ वर्षका धनबहादुर ढेगामगर घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीवार बेलुकी बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका ढेगाको श्रृङ्गा स्वास्थ चौकिमा प्राथामिक उपचारको क्रममा मृत्यु भएको (डिएसपी) पाण्डेले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?