+
+

फ्राइडे रिलिज : हलमा नेपाली फिल्म ‘चुरीफुरी’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १२:००

९ पुस, काठमाडौं । विदेशी चलचित्रले मात्र कब्जा गरेको नेपाली चलचित्रको बक्स अफिसमा शुक्रबारबाट नेपाली चलचित्रले आफ्नो उपस्थिति जनाएको छ । शुक्रबारबाट हलमा चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ ।

ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी जनरामा प्रस्तुत गरिएको छ ।

‘चुरीफुरी’ले देशभरका मल्टिप्लेक्समा कमजोर शो पाएको छ । बलिउड र हलिउड चलचित्रको चेपुवामा परेको ‘चुरीफुरी’ले बक्स अफिसमा कस्तो व्यापार गर्छ, त्यो केही दिनमा नै थाहा हुनेछ ।

यो चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा, दीपकराज आचार्य, सुवोध गौतम, शिशिर भण्डारी, सुरबीर पण्डित लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा आम दर्शकले आफ्नो कथा भएको महसुस गर्ने निर्देशक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?