+
+

नेपाल प्रहरीका एसएसपी यादव मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १३:३७

९ पुस, काठमाडौं। रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

‘उहाँको परिवार काठमाडौंमा भएकाले नपुगुञ्जेल ढोका खोलेका छैनौं’ उनले भने, ‘भित्रबाट ढोका लगाएको अवस्थामा उनलाई मृत फेला पारिएको हो ।’

प्रहरीका अनुसार उनी शुक्रबार बिहान जिम गरेर कोठामा बसेका थिए । खाना खाने वेलासम्म नआएपछि हेर्न जाँदा मृत अवस्थामा देखिएका थिए ।

यादव नेपाल प्रहरीमा २०४९ चैतमा प्रहरी निरीक्षकबाट प्रवेश गरेका थिए । उनको ब्याचका दुई जना विश्वराज पोखरेल र सहकुलबहादुर थापा हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।

तर यादव चाहिँ एसएसपीको ५५ वर्षे उमेर हदका कारण आगामी १५ माघमा अवकाश पाउँदै थिए । एसएसपी कुँवर भन्छन्, ‘हालसम्म उहाँको मृत्युको कारण खुलिसकेको छैन, परिवार पुगेसँगै विस्तृत अनुसन्धान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?