
९ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । गुजरातमा हुने ‘भाइब्रेण्ट गुजरात ग्लोबल समिटमा’ सहभागी हुन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको बालुवाटार स्रोतले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा जनवरी १०–१२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा विभिन्न देशका सरकार प्रमुखहरुलाई निम्तो गरिएको बताइएको छ । जनवरी १० मा भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।
‘भारतबाट कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा आएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘अहिलेसम्म प्रधानमन्त्री जाने भन्ने नै छ । त्यसको तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ ।’
प्रधानमन्त्री देउवाको भारत भ्रमण राजकीय भने होइन । तर सम्मेलनका क्रममा भारतीय समकक्षीसँग भेटवार्ता हुनेछ । ‘सम्मेलनअघि मोदीसँग भेट हुन्छ वा सम्मेलनपछि भन्नेबारे भने अझै तय भइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘तर छलफलका एजेण्डाबारे हामी परामर्शमा छौं ।’
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4