+
+

दुई गोलको अग्रता जोगाउन नसक्दा एनआरटी एपीएफसँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १५:१२

९ पुस, काठमाडौं। एनआरटीले दुई गोलको अग्रता जोगाउन नसक्दा एपीएफ फुटबल क्लबसँग ३-३ गालेको बराबरी खेल्दै अंक बाँडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा एनआरटीले दुई पटक अग्रता लिए पनि एपीएफले पुनरागमन गरेको हो।

एनआ,टीका लागि दर्शन गुरुङले दुई तथा मेसुके ओलोमोउले एक गोल गरे । एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नविन लामाले गोल गरे ।

खेलको नवौं मिनेटमा बक्स बाहिरबाट एनआरटीका दर्शन गुरुङले प्रहार बल एपीएफका गोलरक्षक युया कुरियामाले पन्च गर्दै बचाए । यस्तै १९औं मिनेटमा एपीएफका आशिष लामाको ब्याक पासमा बक्स नजिकैबाट बिक्की तामाङको प्रहार आकासियो ।

३२ औं मिनेटमा मेसुके ओलोमाउको पासमा दर्शन गुरुङले गोल गरे । तर त्यसको पाँच मिनेट नबित्दै एपीएफले बराबरी गोल फर्कायो । प्रदीप लामाको पासमा आशिष लामाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

४८औं मिनेटमा एनआरटीले पुनः अग्रता लियो । रन्जन बिस्टको मिस किक बललाई दर्शन गुरुङले चेस्टबाट नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरे।

६०औं मिनेटमा स्टेफन समिरले मध्यभागबाट उपलब्ध गराएको बलमा मेसुकेले एकल प्रयासमा गोल गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाए ।

तर एनआरटीले दुई गोलको अग्रता कायम राख्न सकेन । १० मिनेट भित्र एपीएफले दुई गोल फर्कायो। ६५औं मिनेटमा एपीएफका दिपेश धिमालले नविन लामाको फ्रिकिकमा गोल गरे ।

६९औं मिनेटमा आशिष लामाले दिएको क्रसमा नविन लामाले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । त्यसपछि पनि दुव‌ टोली गोल थप्ने प्रयासमा लागेपनि सफल हुन सकेनन् र दुवैले १-१ अंक बाँडे ।

एनआरटीको यस सिजन यो चौथो बराबरी हो । बराबरीपछि ६ खेलबाट ७ अंक जोडेको एनआरटी छैटौं स्थानमा उक्लेको छ । उता एपीएफ ६ खेलबाट ५ अंक जोडेर ११औं स्थानमै यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?