
काठमाडौं । गैरनाफा मूलक संस्थाको रुपमा नेपाल बजारीकरण संघ (एनएमए) औपचारिक रुपमा दर्ता भएको छ । बस्तु तथा सेवाको बजारीकरण क्षेत्रलाई मुख्य पेशा बनाएका व्यक्तिहरुले एनएमए संस्था दर्ता गराएका हुन् । संघमा बजारीकरणका क्षेत्रमा क्रियाशील र शिक्षा विदहरू सहभागी रहेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको अन्तरिम बोर्ड अध्यक्षमा महेश स्वाँर, महासचिवमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. गोपाल थापा, सचिवमा सह–प्राध्यापक सुशील अवाले र कोषाध्यक्षमा पुनम सिंहलाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी बोर्डका अन्य सदस्यहरूमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा छन् । कार्यक्रममा डा. तुल्सी धरेललाई अभिनन्दन गरिएको थियो ।
बजारीकरण पेशामा रहेकाहरुलाई सहयोग गर्न र सामान्य बजारीकरण कार्यहरु समावेश गर्ने लक्ष्यका साथ संस्था स्थापना गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4