+
+

कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठक शुरु

शंकर गिरी शंकर गिरी
२०७८ पुष १० गते १३:०४

१० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुरु शनिबार दिउँसो बैठक शुरु भएको हो ।

बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।  कांग्रेसको १४ औं महाधिवेशनबाट १३  जना पदाधिकारीसहित १३४ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्य मध्येबाट एक जनालाई कोषाध्यक्ष मनोनयन गर्नेछन् । त्यस्तै सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था पनि छ ।

यसअघि शनिबार नै निर्वाचन समितिले कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?