+
+

प्रधानमन्त्री कपको छनोट खेलमा पश्चिम नवलपरासी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १८:५९
शनिबारको खेलका म्यान अफ दि म्याच पश्चिम नवलपरासीका करण विक

१० पुस, बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुलाई पराजित गरेको छ ।

शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा नवलपरासीले कपिलवस्तुलाई १० रनले पराजित गरेको हो ।

४० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको नवलपरासीले ३४.५ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनायो । उसका लागि करण विकले अविजित २५ र दिलसाद अलीले १२ रन बनाए । बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तु ३५.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले समान ३–३ तथा इकलाख अहम्मद र करण विकले समान २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए ।

छनोट खेल अन्तर्गत आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । शनिबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा झारिएको थियो ।

पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टिम बनाउनका लागि छनोट खेल भइरहको हो । प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा भइरहेको छनोट खेल पुस २१ गतेसम्म चल्नेछ र यसमा ७ जिल्ला सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?