१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको *राष्ट्रिय महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
पुनको हाल चीनमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या भएपछि थाइल्याण्ड गएका उनी थप उपचारका लागि चीन पुगेका थिए ।
स्वास्थ्यमा सुधार आएकाले उनी महाधिवेशनका लागि नेपाल आउन चाहेका थिए । तर उपचारका क्रममा भएको परीक्षणहरुको रिपोर्ट हेर्दा तत्काल नआउने निर्णयमा पुगेको पारिवारिक स्रोतले बताएको छ ।
(*माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेकाले सच्याइएको छ ।)
प्रतिक्रिया 4