+
+

सेन्ट्रल जोन महिला भलिबलमा दुई अपराजित टोली नेपाल र उज्वेकिस्तान भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १३:०७

११ पुस, काठमाडौं । बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार सवा १ बजे सुरु हुनेछ ।

सुरुवाती तीन खेलमा अपराजित रहेको दुवै टोली आज पनि त्यही लयलाई कायम राख्ने योजनमा छ । साविक विजेता समेत रहेको नेपाल लगातार चौथो खेल जित्दै फाइनलमा पुग्न चाहन्छ ।

तीन खेल सकिँदा नेपाल र उज्वेकिस्तानसंगै श्रीलंका फाइनल पुग्ने होडमा छन् । उज्वेकिस्तानले श्रीलंकासंग अन्तिम खेल खेल्न बाँकी नै रहेकोले नेपालले आज जित हात पारे लगभग फाइनल पुग्नेछ ।

लगातार तीन खेल जितेको नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंकासँग ५ सेटमा खेल जितेकोले नेपालले २ अंक मात्र पाएको थियो । लगातार तीन खेल नै जितेको उज्वेकिस्तान ९ अंकसहित शीर्ष स्थानमा छ । आजै श्रीलंकाले बंगलादेशसंग खेल्दैछ ।

नेपालले उज्वेकिस्तानलाई पराजित गरे शीर्ष स्थानमा समेत उक्लनेछ । श्रीलंका विरुद्ध पहिलो खेलमा दुई सेटले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको नेपालले माल्दिभ्स र बंगलादेशला२ सोझो सेटमा सहजै पराजित गरेको थियो ।

नयाँ तीन खेलाडी शान्ती थारु, कामना विष्ट र लक्ष्मी चन्दले डेब्यु गरिसकेका छन् । प्रशिक्षक जगदिश भट्टले सुरुवाती खेलमा सबै खेलाडीलाई अवसर दिएर परिक्षण गरिसकेका छन् ।

उज्वेकिस्तान विरुद्ध नेपालले बलियो टोली कोर्टमा उतार्ने पक्का छ। कमजोर विपक्षी रहेकोले नेपाली खेलाडीले यसअघि स्वभाविक प्रदर्शन देखाउन सकेका छैनन। पहिलो खेलमा सुनिता खड्का र डेब्युटान्ट शान्ती थारुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालले अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?