+
+

म गायक होइन, स्टेज पर्फमर हुँ : दुर्गेश थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १९:१४

गायक दुर्गेश थापाले आफूले बारम्बार आफू गायक होइन भनेर स्पष्टीकरण दिंदा पनि होच्याउने काम भएको गुनासो गरेका छन् । बारम्बार विवादमा पर्ने गायक थापाले मिडियासँग कुराकानी गर्दै भने, ‘मैले बारम्बार भन्दै आएको छु कि म गायक होेइन । म स्टेज पर्फमर हुँ । मलाई किन नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग दाँज्नुहुन्छ । म त्योे हैसियतको मानिस नै होइनँ ।’

एक टेलिभिजन कार्यक्रममा ‘बाथरुम सिंगर’ भन्दै आलोचना गरिएपछि आक्रोशित भएका दुर्गेशले भने, ‘कसैको कामको बारेमा टिप्पणी गर्न पाइन्छ । तर, कसैलाई व्यक्तिगत रुपमा होच्याउन पाइँदैन । उक्त व्यक्तिको चित्त दुख्छ कि, उसको पनि मन हुन्छ भनेर सोच्न आवश्यक छ ।’

थापाले आफूलाई सम्मान गर्ने मानिसलाई आफूले पनि सम्मान गर्ने बताए । भने, ‘कसैलाई गिराएर पनि नभन्नुहोस् । किनकि, हामी पनि दुःख गरेर आएका हौं । हामीसँग पनि धेरै संघर्ष गरेका कथा छन् । कसैलाई होच्याउन हुँदैन ।’ दुर्गेशले आफू गायक नभएर स्टेज पर्फमर र इन्टरटेनर भएको बुझिदिन आग्रह गरे ।

‘म्युजिक खबर म्युजिक अवार्ड’मा वर्षकै सर्वोत्कृष्ट पपुलर मोडलको अवार्ड पाएका दुर्गेशले दर्शकको मायाले आफू यो स्थानसम्म आइपुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?