+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे केन्द्रीय सुरक्षा समितिमा छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृहमन्त्रालयमा बसेको बैठकमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १९:१७

११ पुस, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ ।

आइतबार गृहमन्त्रालयमा बसेको बैठकमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

उनका अनुसार गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?