+
+

जस्मिन हाइजिनको अल्ट्रा थिन बेबी डाइपर बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते २०:१२

काठमाडौं । जस्मिन हाइजिन प्रोडक्ट्स प्रालिले प्रिमियम सफ्ट एण्ड ड्राइ प्रिमियम पेन्ट्स बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार सफ्ट एण्ड ड्राइ प्रिमियम पेन्ट्स उच्च गुणस्तरका बस्तुहरु प्रयोग गरी उत्पादन गरिएको प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन भएको पहिलो डाइपर हो ।

नेपालमै पहिलो पटक उत्पादित अल्ट्रा थिन डाइपर भएकोले सफ्ट एण्ड ड्राइ लगाउन सजिलो हुनुको साथै बुल्की डाइपर जस्तो ठूलो नदेखिने कम्पनीको भनाइ छ । यस डाइपरमा थ्रीडी इम्बोस्ड टपसीट रहेको र यसमा हुने अल्ट्रा एब्सर्बिङ होल्सले बढी सोस्ने तथा हावाको सर्कुलेसन बनाइ राख्ने काम गर्दछ जस कारण बच्चाको छाला सुख्खा र नरम भैराख्दछ ।

एन्टी ब्याक्टेरियल खुबी भएको यस डाइपरले र्‍यासेस र लिकेज हुन नदिने र कम्पोजाइट कोरले डाइपरमा डल्लो पर्ने समस्या निराकरण गर्ने कम्पनीको दाबी छ । साथै यस डाइपरमा भएको थ्री लाइन वेटनेस इन्डिकेटरले कलर चेन्ज गरी इाइपर बदल्न सुझाव पनि दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?