+
+

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १८:२४

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको कार्यसमितिको निर्वाचन हुन बाँकी बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।

कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?