+
+

मकवानपुरबाट ६७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते २०:०४

१२ पुस, हेटौंडा। मकवानपुर प्रहरीले ६७ हजार ३ सय ३५ रुपैयाँ नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पुर्वीक्षेत्र बकैया गाउँपालिका-९ बैरुङदमारबाट जुवा खेल्दै गरेका ८ जनालाई १६ थान कौडासहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बकैया ९ हर्कपुरका ३६ वर्षीय दावा लामा बम्जन, ठूलोथलीका ४० वर्षीय दिपलाल थोकर, सेतोभिरका ४९ वर्षिय सुन्दर घिसिङ, ५५ वर्षीय रामबहादुर थिङ, बकैया-५ पाङेखोला मगरटोलका ३२ वर्षीय सुशील लामा रहेका छन् ।

त्यस्तै प्रहरीले खालबाट ३८ वर्षीय कमल थिङ, बकैया-११ गमलटारका ४५ वर्षीय विजय वाइबा र २६ वर्षीय विजय न्यासुर पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ८ जनालाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?