+
+

सुर्खेतमा अलपत्र परेको नाटक गरेर मोवाइल चोर्ने गिरोह

यज्ञ खत्री यज्ञ खत्री
२०७८ पुष १३ गते ७:४१

१३ पुस, सुर्खेत । गत शुक्रबार बेलुका ७ बजेतिर पातारासी-२, जुम्लाको हिक्मत नेपाली वीरेन्द्रगरको कालुङचोकमा उभिएका थिए । त्यसैबेला दुईजना युवा सवार मोटरसाइल उनको अगाड आएर रोकिए ।

मोटरसाइल पछाडि बसेका युवाले हिक्मतसँग ‘बांगेसिमल’ कता पर्छ भनेर सोधे । ‘सुर्खेतमा हामी नयाँ हो । एक कल गर्नु थियो । एकैछिन मोबाइल दिनुन’ भन्दै मोवाइल मागे । हिक्मतले दिए । त्यसलगतै उनीहरू मोटरसाइलमा हुँइकिए ।

यही पुस ४ गते बेलुका वीरेन्द्रनगर-४ की एलिसा बम बसपार्क हुँदै घर फर्किंदै थिइन् । बसपार्कको उत्तरी गेटमा एक जना युवा भेटिए । आफू सुर्खेतमा नयाँ भएको र समस्यामा परेको बताए । ‘घर पश्चिम सुर्खेतको पलाइटे हो । अलपत्र परेका छु । मेरो आफन्तलाई फोन गर्न दिनुस् न है । मेरो मोबाइल पनि छैन,’ उनले समस्या परेको नाटक गरे ।

समस्यामा परेको होला भनेर एलिजाले आफ्नो मोवाइल दिइन् । त्यसपछि ती युवक मोबाइल लिएर फोन गरेजस्तो गरे । त्यसलगतै अर्का एक व्यक्ति मोटरसाइकल लिएर ती युवकको अगाडि आए । युवक त्यही मोटरसाइकलमा चढेर भागे । एलिसाले मोटरसाइकल नम्बर नोट गरिन् । प्रहरी कार्यालयमा गएर जानकारी गराइन् ।

हिक्मत र एलिसाले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान थाल्यो । समस्यामा परेको नाटक गरेर मोवाइल लुट्नेहरूको निगरानी बढायो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार वीरेन्द्रनगरमा विभिन्न ठाउँमा २७ जना सादा पोसाकमा प्रहरी परिचालन गरेर केही युवकलाई पक्राउ गरिएको छ ।

आइतबारमात्रै प्रहरीले वीरेन्द्रनगर-४ बाट भे७प ३२५२ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियनत्रण्मा लिएको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रगर-१ का १९ वर्षीय नवीन सुनार र १८ वर्षीय रविन गुरुङ रहेका छन् । ‘दुवैजनाले हिक्मत र एलिसाको मोबाइल चोरी गरेको प्रहरीसमक्ष स्वीकारेका छन्,’ अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक शाहीले अनलाइनखबसँग भने ।

पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा मोबाइल चोर्ने र लुट्नेहरूको विगविगी छ । दुई साताभित्र ८ वटा मोवाइल चोरीका उजुरी दर्ता भएका छन् । प्रहरी निरीक्षक शाहीका अनुसार पछिल्लो समय वीरेन्द्रनगरमा ‘समस्यामा परे, एकछिन फोन गर्छु भन्दै मोबाइल माग्ने, र भाग्ने’ गरेको पाइएको छ ।

दुईजना पक्राउ परेपनि मोवाइल चोर्ने गिरोह नै हुन सक्ने प्रहरीले बताएको छ । यस्तै तरिका अपनाएर मोबाइल चोरीमा प्रयोग गरिएका थप सवारीसाधानको विवरणसमेत प्राप्त गरेको र त्यसको खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।

‘पछिल्लो समय यस्ता प्रकृतिका चोरी बढेका छन्, कसैले मोवाइल मागे हत्तपत्त नदिन आमनागरिकलाई हाम्रो आग्रह छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘प्रहरी गिरोह नजिक छ, अरु पनि छिटै प्रहरीको नियन्त्रणमा आउँछन् ।’

पक्राउ परेका २ जनालाई मंगलबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?