
१३ पुस, जनकपुरधाम । सिरहामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा फिर्ता भएको छ । त्यस्तै पक्राउ परेका किसान र जनमत पार्टीका कार्यकर्ता पनि रिहा भएका छन् ।
औरही गाउँपालिकामा भण्डारण गरिएको गहुँको बिऊ किसानले आफैं लिएर गएपछि प्रहरीले त्यस घटनामा संलग्न एक किसानलाई पक्राउ गरेको थियो । किसान पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन र सवारी साधन तोडफोड गरेपछि १८ जना पक्राउ परेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
मंगलबार जिल्लाका ५ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका सबैलाई रिहा गर्न र निषेधाज्ञा फिर्ता लिन माग गरेको थियो । ‘समस्या समाधानका निम्ति उहाँहरूको मागलाई सकारात्मक रुपमा लिँदै यो कदम चालिएको छ’ प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले भने ।
प्रतिक्रिया 4