+
+

सेन्ट्रल जोन भलिबलमा कप्तान अरुणा र सलिनालाई व्यक्तिगत अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते २०:३०

१३ पुस, काठमाडौं । लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र लिबेरो सलिना श्रेष्ठले व्यक्तिगत अवार्ड जितेका छन् ।

मंगलबार ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा कप्तान अरुणा बेस्ट सेटर र सलिना बेस्ट लिबेरो घोषित भए ।

नेपालले अपराजित रहँदै उपाधि जित्दा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । अरुणाको कप्तानीमा २०१९ मा पहिलो पटक सेन्ट्रल जोनको उपधि जितेको नेपालले अहिले उनकै कप्तानीमा उपाधि रक्षा गरेको हो । यस्तै लिबेरो सलिनाले पनि लगातार दुई उपाधि जित्ने क्रममा उत्कृष्ट प्रदर्शन गरिन् ।

मंगलबार ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

प्रतियोगितामा श्रीलंकाकी प्रितीका प्रमोधानी उत्कृष्ट स्पाइकर, कीर्गिस्तानकी आइदाई कादी उत्कृष्ट ब्लकर चुनिइन् । फाइनलमा नेपालसंग पारजित उज्वेकिस्तानकी इजुजा सातिबोल देइभा बेस्ट प्लेअर घोषित भइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?