
१६ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको गुनासो आएपछि विभिन्न सात विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायत सात विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ,’चिकित्सा शिक्षाका विद्यार्थीहरूको जायज मागहरूमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4