+
+

जावलाखेललाई हराउँदै थ्रीस्टार पाँचौ स्थानमा

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १६:०५

१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

ललितपुर डर्बीमा जित निकालेपछि थ्रीस्टार अंकतालिकामा पाचौं स्थानमा उक्लेको छ । जारी सिजनमा थ्रीस्टारको यो दोस्रो जित हो ।

थ्रीस्टारको जितका लागि आयुष घलान र ऋतिककुमार खड्काले पहिलो हाफमै गोल गरे ।जावलाखेलका लागि लगातार तेस्रो खेलमा गोल गर्ने क्रममा निकोलस फर्नान्डेजले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सातौं मिनेटमै आयुषले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । २६औं मिनेटमा ऋतिकले गोल गरेपछि थ्रीस्टारले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा जावलाखेलका ओनगना जुनियर र निकोलस फर्नान्डेजले गोल गर्ने अवसर गुमाएका थिए ।

जावलाखेलका निकोलस फर्नान्डेजले ५५ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । तर त्यसपछि गोल गर्न नसक्दा जावलाखेलको तीन खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

उता पाँच खेलपछि थ्रीस्टारले पहिलो जित हात पारेको छ । थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले पराजित गरेको थियो ।

जितपछि ७ खेलबाट १० अंक जोडेर थ्रीस्टार पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेल ७ खेलबाट ७ अंकसहित नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?