+
+

माओवादीमा निर्वाचन कार्यक्रम फेरि संशोधन, सहमति नजुटे भोलि मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १४:१२

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।

यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।

तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।

त्यस्तै मतदानको समय भने सोमबार विहान ८ देखि १ : २५ सम्मको समय तोकिएको छ । शनिबार पहिलो पटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले यो तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो ।

हेर्नुहोस् निर्वाचन कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?