+
+

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते २१:००
असन्तुष्ट खेलाडीहरुले गरेको पत्रकार सम्मेलनको फाइल तस्वीर ।

१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र  कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । यद्यपि उनीहरुले निर्णय भने दिइसकेका छैनन् । उनीहरुले सोमबारसम्म निर्णय दिने बताएका छन् ।

अध्यक्ष चतुरबहादुर चन्दका अनुसार क्यानले खेलाडीहरु मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्यानको निर्णय फिर्ता हुने बताए । उनले कप्तान भने सन्दीप लामिछाने नै रहने पनि बताए । ‘अब भोलिदेखि खेलाडीहरु क्याम्पमा आउनेछन्’ उनले भने ।

उनका अनुसार क्यानले सन् २०२२ को ६ महिनाको सेन्ट्रल कन्ट्रयाक्ट गर्दा खेलाडीहरुसंग सल्लाह गर्ने पनि बताए । क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै उनीहरु दुईसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने निर्णय गरेको थियो । सँगै कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको थियो । यो विषयले खेलाडी र क्यानबीच विवाद बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?