+
+

अमेरिकामा राजेशपायलमाथि दुर्व्यवहार गर्ने पासाङले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते ११:४७
गायक राजेशपायल राईसँग माफी मागेपछि खादा ओढाउँदै पासाङ दावा शेर्पा

१९ पुस, काठमाडौं । गायक राजेशपायल राईलाई अमेरिकाको न्यूयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले राजेशपायललाई खादा ओढाउँदै माफी मागेका हुन् ।

शेर्पाले माफी माग्दै भनेका छन्, ‘न्यू इयर इभको दिन भएकाले पनि म केही उत्तेजित भएँ । मैले उहाँलाई अंगालो हालेर उचाल्न खोजेको हुँ । तर, मेरो कारणले उहाँलाई कार्यक्रममा डिस्टर्ब भयो । म माफी माग्न चाहन्छु । म सबैसँग हात जोडेर माफी माग्छु ।’

आफूसँग भेटेरै माफी मागेपछि उनलाई माफी दिइएको राजेशपायलले बताए । ‘उहाँले मलाई आफैं भेटेर माफी माग्छु भन्नुभएछ । मेरो तर्फबाट उहाँलाई माफी छ । हामी मिलिसकेको जानकारी दिन चाहन्छु,’ राजेशपायलले भने ।

यसैबीच, गायक राजेशपायल राईले गल्ती मानिसबाटै हुने र पासाङ दावा शेर्पाले आफ्नो गल्ती स्वीकार गरिसकेकाले उनलाई अब गाली-गलौज नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा शेर्पाले माफी मागेको भिडियो समेत राखेर राजेशपायलले गल्ती स्वीकार्नु नै महानता भएको उल्लेख गरेका छन् ।

कार्यक्रममा राजेशपायलले गीत गाइरहेको बेला पछाडिबाट आएर शेर्पाले उनलाई दुर्व्यवहार गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विश्वभर रहेका कलाकार, संगीतकर्मी र आम दर्शक-स्रोताले आयोजक र पासाङको चर्को आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?