+
+

यी फोनमा अब चल्नेछैन ह्वाट्सएप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १२:३९

मेसेजिङ एप ह्वाट्सएपले समयसमयमा यस्ता स्मार्टफोनका सूचीहरू सार्वजनिक गर्दछ, जसमा उसले आफ्नो सेवा बन्द गर्न लागेको हुन्छ । त्यसैले ती फोनमा प्रयोगकर्ताहरूले ह्वाट्सएप एप्लिकेसनको प्रयोग गर्न पाउँदैनन् ।

यसैबीच ह्वाट्सएपले सन् २०२२ मा पनि ती फोनको सूची सार्वजनिक गरेको छ जसमा अब ह्वाट्सएपको सेवा बन्द हुँदैछ । यदि तपाईंले पनि यीमध्ये कुनै फोन प्रयोग गर्दै हुनुहुन्छ भने ह्वाट्सएप चलाउन पाउनुहुनेछैन ।

ह्वाट्सएपका अनुसार यदि तपाईंले एन्ड्रोइड अपरेटिङ सिस्टम ४.१ वा त्यसभन्दा पुरानो भर्सनका फोन प्रयोग गरिरहनुभएको छ भने अबदेखि ह्वाट्सएप चल्नेछैन ।

त्यस्तै एप्पलको आईओएस ९ वा त्यसभन्दा पुरानो भर्सनको सफ्टवेयर भएका आइफोनमा पनि ह्वाट्सएपले आफ्नो सेवा बन्द गर्दैछ । त्यसैले तपाईंले यदि यस्ता फोन प्रयोग गर्नुभएको छ भने कि त सफ्टवेयर अपडेट गरेर नयाँ अपरेटिङ सिस्टममा जानुपर्नेछ कि त नयाँ फोन बदल्नुपर्नेछ ।

ह्वाट्सएपले सेवा बन्द गर्न लागेका एन्ड्रोइड फोनको सूची यस्तो छ –

· सामसुङ ग्यालेक्सी ट्रेण्ड लाइट
· सामसुङ ग्यालेक्सी ट्रेण्ड टू
· सामसुङ ग्यालेक्सी एस थ्री मिनी
· सामसुङ ग्यालेक्सी एक्सकभर टू
· सामसुङ ग्यालेक्सी कोर
· सामसुङ ग्यालेक्सी एस टू
· एचटिसी डिजायर ५००
· सोनी एक्सपिरिया एम
· एलजी लूसिड टू
· एलजी अप्टिमस एफ सेभेन
· एलजी अप्टिमस एल ३२
· एलजी अप्टिमस एल ३
· एलजी अप्टिमस एल ५
· एलजी अप्टिमस एल ७
· एलजी अप्टिमस एफ ६
· एलजी अप्टिमस एफ ३
· एलजी अप्टिमस एल ४, डुअल
· एलजी इनेक्ट
· हुवावे एसेन्ड जी ७४०
· लेनोभो ए ८२०
· हुवावे एसेन्ड डी टू
· हुवावे एसेन्ड मेट

त्यस्तै ह्वाट्सएपको सेवा बन्द हुने आइफोनहरूमा आइफोन एसइ १६, ३२ र ६४ जिबी, आइफोन सिक्स एस को १६, ३२, ६४ र १२८ जिबी मोडेल तथा आइफोन सिक्स एस प्लसको १६, ३२, ६४ र १२८ जिबी मोडेल रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?