+
+

पाकिस्तानी क्रिकेटर हाफिजले गरे संन्यास घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १३:१७

१९ पुस, काठमाडौं। पाकिस्तानी भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

हाफिजले १८ वर्षीय लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउँदै सोमबार संन्यास घोषणा गरेका हुन् ।

सन २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हाफिजले पछिल्लो पटक टी२० विश्वकप सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध खेलेका थिए ।

४१ वर्षीय हाफिजले पाकिस्तानका लागि ५५ टेष्ट, २१८ ओडिआई र ११९ टी२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले सबै फर्म्याटमा गरी १२ हजार ७८० रन बनाएका छन् ।

उनी धेरै म्यान अफ दि म्याच अवार्ड पाउने पाकिस्तानी खेलाडीको सूचीमा चौथो स्थानमा छन् । उनले ३२ वटा म्यान अफ अफ दि म्याच अवार्ड पाएका छन् । उनीभन्दा अघि शाहिद अफ्रिदी, वासिम अक्रम र इन्जमान उल हक छन् ।

हाफिजले टेष्टमा ३ हजार ६५२, ओडीआईमा ६ हजार ६१४ र टी२० मा २ हजार ५१४ रन बनाएका छन्।

यस्तै उनले टेष्टमा ५३, ओडीआईमा १३९ र टी२०मा ६१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?