+
+

गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १२:१३
गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरु अर्जुनकुमार सुनाम, पुण्यप्रसाद पौडेल र लीला थनेत। तस्वीर साैजन्य: सञ्जय रानाभाट

२० पुस, पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम छ ।

गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले दिउँसो एक बजे मनोनयन दर्ता गराउने कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?