+
+
Shares

विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रमुख शक्ति राष्ट्रको प्रतिबद्धता

विश्वका सबैभन्दा ठूला आणविक शक्ति सम्पन्न ५ राष्ट्रले विश्वलाई आणविक हतियारमुक्त बनाउने दिशातर्फ मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य समेत रहेका अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सले सोमबार संयुक्त विज्ञप्तिमार्फत् विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:०६

२० पुस, काठमाडौं। विश्वका सबैभन्दा ठूला आणविक शक्ति सम्पन्न ५ राष्ट्रले विश्वलाई आणविक हतियारमुक्त बनाउने दिशातर्फ मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य समेत रहेका अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सले सोमबार संयुक्त विज्ञप्तिमार्फत् विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । पूर्वी र पश्चिमा मुलुकबीच बढ्दो तनावबीच यी मुलुकले बिरलै मानिने संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

‘आणविक युद्ध जित्न सकिँदैन र यस्तो युद्ध लड्नु हुँदैन’, ५ मुलुकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आणविक प्रयोगबाट दीर्घकालीन असर निम्तिन सक्छ र अस्तित्वमा रहेका सबै आणविक हतियारलाई रक्षात्मक उद्देश्यका लागि, हस्तक्षेपविरुद्ध र युद्ध रोक्नका लागि मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिन चाहन्छौं।’

पछिल्लो समय विश्व शक्तिराष्ट्रबीचको तनाव उत्कर्षमा पुगेको बेला सबैभन्दा ठूला आणविक शक्तिसम्पन्न राष्ट्रले संयुक्त विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?