+
+

शेखर कोइराला पक्षका नेताहरुको छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १६:३०

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरु मंगलबार दिउँसो छलफलमा बसेका छन् ।

कोइरालाले  पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई छलफलमा बोलाएका थिए । कोइराला प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरु र संस्थापन इतर पक्षका केही केन्द्रीय सदस्य पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेका छन् ।

सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?