
२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरु मंगलबार दिउँसो छलफलमा बसेका छन् ।
कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई छलफलमा बोलाएका थिए । कोइराला प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरु र संस्थापन इतर पक्षका केही केन्द्रीय सदस्य पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेका छन् ।
सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4