
२१ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार ओलीलाई भेट्न पौडेल उनको निवास बालकोट पुगेका थिए ।
पौडेल निकट स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गरेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
नेकपा एमालेले गत भदौ २३ गतेदेखि नै लगातार संसद अवरोध गर्दै आएको छ । तत्कालिन नेकपा एमालेका १४ सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले संसदमा बिरोध र नाराबाजी गर्दै आएको छ ।
एमालेको अवरोधका कारण संसदमा महत्वपूर्ण र जनसरोकारको विषयमा छलफल हुन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4