+
+

धनगढी उपमहानगरपालिका क्षेत्रको अतिक्रमण हटाउन एकीकृत समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १३:२१

२२ पुस, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेका धनगढी उपमहानरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन माग गरेको छ ।

बिहीबार एकीकृत समाजवादी पार्टी धनगढी नगर कमिटिले मेयर नृपबहादुर वडलाई ज्ञापन पत्र बुझाउँदै खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माग गरेको हो ।

नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने क्रम बढेपछि डुबानको समस्या पनि बृद्धि भएकाले यथाशिघ्र अतिक्रमण हटाउन माग गरिएको एकीकृत समाजवादीका नगर अध्यक्ष मदनराज रेग्मी बताए ।

नगर अध्यक्ष मदनराज रेग्मी र सचिव बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘अतिक्रमण गरि बनाइएका संरचना हटाएर उपमहानगरपालिको नेतृत्वले यथाशिघ्र डुबानको समस्या हल गर्न र व्यवस्थित शहर निर्माणमा ध्यान देओस् ।’

अतिक्रमण हटाउने कामको थालनी नगरिएमा समाजवादीले आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?