+
+
Shares

रामजानकी मन्दिरबाट मूर्ति चोरी गर्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १५:००

२२ पुस, दाङ । नेपालगञ्जको रामजानकी मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

तीन थान मूर्तिसहित मन्दिरबाट विभिन्न सामग्री चोरी गरेर लुकाएर राखेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका– १ का २५ वर्षीय असरफ बागवानलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

मन्दिर परिसरबाट मूर्ति सामानहरु चोरी भएपछि खोजी गर्ने क्रममा पक्राउ परेका असरफबाट देवीदेवताका तीन थान मूर्ति, नाग देवताको दुई थान मूर्ति, पाँचवटा घण्टी तीनवटा त्रिशुल, चार थाना तामाको लोटा, एक थान आरती, आठ थान पाला छोप्ने ढक्कन बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?