
२३ पुस, काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले अभिनय गरेको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेन । दुई सय करोडमा बनेको कविर सिंह निर्देशित यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि संघर्षरत छ । चलचित्रको समीक्षा सकारात्मक आएपनि बक्स अफिसमा दर्शकले रुचाएनन् ।
यो चलचित्र भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देवको बायोपिकमा तयार भएको हो । चलचित्रमा रणवीरले कपिल देवको भूमिका निर्वाह गरेका छन् । तर चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिएपछि रणवीरलाई बायोपिक चलचित्रमा काम गर्ने मन मरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरलाई करिब आधा दर्जन बायोपिक चलचित्रका कथा अफर आएको छ । तर, उनी अब बायोपिकमा काम गरेर जोखिम मोल्ने पक्षमा छैनन् । उनले सबै चलचित्रको अफर अस्वीकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4