+
+

न्यायालयको समस्यामा कांग्रेसले कठोर निर्णय लिनुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १९:०७

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले न्यायालयमा देखिएको समस्या त्यहीँभित्र संवादबाट समाधान नगरे कांग्रेसले प्रधानन्यायाधीशले पद छोड्नुपर्ने निर्णय गर्ने बताएका छन् ।

आइतबार गोरखामा आयोजित पार्टी कार्यक्रममा उनले अदालत लामो समयदेखि राम्ररी चल्न नसकेको भन्दै समस्या समाधान नभए कांग्रेसले कठोर कदम चाल्नुपर्ने बताएका हुन् ।

‘कि त्यहाँभित्र संवादमा बसेर सामान्य अवस्था बनाउनुपर्छ, होइन भने नेपाली कांग्रेसले कठोर निर्मम निर्णय लिनुपर्छ’ उनले भने, ‘अदालत प्रमुखले सही ढंगले अदालत चलाउन सक्नुभएन भने उहाँले त्यहाँबाट हट्नुपर्छ र अदालत सही ढंगले चल्नुपर्छ, त्यो निर्णय गरेर नेपाली कांग्रेसले यसलाई सम्हाल्नुपर्ने अवस्था आउन सक्छ ।’

संसद, अदालत र संवैधानिक अंगलाई पंगु बनाइएको अवस्थामा कांग्रेसको हातमा सरकारको नेतृत्व आएको भन्दै उनले यी समस्या समाधान गरेर चुनावमा जानुपर्ने बताए ।

‘संसदलाई पंगु बनाइएको छ, अदालत पंगु बनाइएको छ, संवैधानिक अंगलाई पंगु बनाइएको छ । यस्तो बीचमा कांग्रेसले सरकार चलाएर चुनावमा जाँदा कांग्रेसले केही गर्न सकेन भन्ने प्रयत्न गर्न खोजिएको छ, कांग्रेसले यसलाई चिर्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?