+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

क्यान्सरका बिरामीलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउँछ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते २०:०६

२३ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरका बिरामीलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने बताएका छन् ।

सिरहाको लहानमा नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औं केन्द्रीय सभाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कानुन बनाएर क्यान्सर पीडितलाई उपचार खर्चका साथै मासिक भत्ता समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । यद्यपि कति भत्ता उपलब्ध गराउने बिषयमा उनले खुलाएनन् ।

‘प्रदेश सरकारबाट क्यान्सर पीडितहरु उपचारका लागि एक लाख रुपैयाँ राहत पाउँदै आएकोमा अब कानुन नै बनाएर उपचार खर्चको साथै मासिक भत्ताको समेत व्यवस्था गर्‍छौं’ उनले भने ।

प्रदेशमा क्यान्सरको उपचार हुन नसकेको अवस्थामा संस्थाले लहानमा स्थापना गर्न लागेको क्यान्सर अस्पतालमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने पनि उनले बताए । क्यान्सरको प्रमुख कारक धुम्रपान रहेको भन्दै उनले यो न्यूनिकरणमा प्रदेश सरकार कडाइका साथ प्रस्तुत हुने पनि उल्लेख गरे ।

प्रदेशको स्वास्थ्य संस्थाहरुको अवस्था दयनिय रहेको अवस्थामा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर सुधारको प्रयास शुरु गरेको भन्दै राउतले प्रादेशिक जनस्वास्थ्य ल्याब मुलुककै नमूना ल्याबको रुपमा स्थापित हुन लागेको दावी पनि गरे ।

संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, पूर्व मन्त्री गणेश साहसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?