
नेकपा एमालेको मोरङ जिल्ला अध्यक्षमा निर्विरोध चयन भएका ऋषिकेश पोखरेल ।
२४ पुस, विराटनगर । माेरङमा नेकपा एमालेको जिल्ला समितिको पदाधिकारीहरु निर्विरोध चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट पदाधिकारी निर्विरोध चयन भए पनि सदस्यमा भने मतदान हुने भएको छ ।
जिल्ला अध्यक्षमा ऋषिकेश पाेखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा निर्विरोध भएका हुन् । पाेखरेल वर्तमान अध्यक्ष पनि हुन् ।
सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध भएका छन् । १६० सदस्यका लागि त्यो दाेब्बर संख्यामा मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी फिर्ताको समय आइतबार दिउँसो ३ बजेसम्मका लागि राखिएको छ। मतदान भने सोमबार हुने एमाले मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4