+
+

पाकिस्तानमा हिमपातमा परेर २१ जनाको मृत्यु, एक प्रहरीले गुमाए श्रीमती र ६ छोराछोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते ८:०३

२५ पुस, काठमाडौं । उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा मृत्यु भएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा यो घटना भएको हो । त्यहाँ हरेक वर्ष हिउँदयाममा पर्यटकहरु हिमपातको मजा लिन जाने गर्दछन् ।

शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भयो । पर्यटकहरु बीचबाटोमै अलपत्र परे । कतिपय सवारी साधन हिउँमै पुरिएका छन् । धेरै जनाको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको छ ।

आपतकाल घोषणा

भारी हिमपातका निम्तिएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।

गृहमन्त्री शेख रसिदले १५/२० वर्षयताकै धेरै संख्यामा पर्यटकहरु हिउँमा खेल्न भनेर मुरी क्षेत्रमा पुगेका थिए । बाटोमा पर्यटकहरु चढेका करिब १ हजार सवारी साधनहरु अलपत्र परेका छन् ।

त्यसैले ठूलो आपत आइपरेको उनको भनाइ छ । उनका अनुसार रावलपिण्डी र इस्लामावाद प्रशासनको टोली तथा सेनाका पाँच प्लाटुनलाई उद्धार कार्यमा परिचालन गरिएको छ ।

आज साँझसम्ममा हिउँमा फसेका गाडीहरुलाई निकाल्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।

पन्जाब सरकारले हिल स्टेशनका सबै बाटाहरु बन्द गरेको छ । आपत्कालीन सेवामा खटिएकाहरुलाई बाहेक अन्यलाई त्यहाँ आउ–जाउ गर्न प्रतिबन्ध लगाइएको छ । खाना र कम्बल लगेर उद्धारमा जानेहरुलाई मात्र अनुमति दिइएको छ ।

पाकिस्तानको मौसम विभागले जनवरी ६ तारिखदेखि ९ तारिखको बीचमा मुरी र गलियत क्षेत्रमा भारी हिमपात हुने भविष्यवाणी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?