+
+

कोभिड खोप अनिवार्य लगाउनुपर्ने नियमविरुद्ध पश्चिमी युरोपमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १३:२२

२५ पुस, काठमाडौं । पश्चिमी युरोपमा कोभिड-१९ को खोप अनिवार्य लगाउनुपर्ने नियमविरुद्ध प्रदर्शन भएको छ ।

फ्रान्स, जर्मनी, अष्ट्रिया र इटलीमा कोभिड-१९ को खोप अनिवार्य लगाउनुपर्ने सरकारी योजनाको विरोध गर्दै हजारौं मानिसले प्रदर्शन गरेको अलजजिराले जनाएको हो । अनिवार्य खोप लगाउनुपर्ने सरकारी नियमबाट खोप नलगाएका मानिसको अधिकार कुण्ठित हुने प्रदर्शनकारीको भनाइ छ ।

शनिबार पेरिसमा मात्रै एक लाखभन्दा बढी मानिसले अनिवार्य कोभिड खोपविरुद्ध जुलुस निकालेका छन् । वर्षा र चिसोको बेवास्ता गर्दै प्रदर्शनमा उत्रिएकामध्ये कैयौंले मास्क लगाएका थिएनन् । त्यस्तै, मानिसहरूले ‘सत्य’, ‘स्वतन्त्रता’ र ‘भ्याक्सिन पास अस्वीकार्य छ’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

फ्रान्समा भएको प्रदर्शनका क्रममा गत हप्ता खोप नलगाउनेलाई दु: ख दिने भनेका राष्ट्रपति इमानुअल म्याँक्रोविरुद्ध समेत नाराबाजी भएको थियो ।

शुक्रबार फ्रान्समा तीन लाखभन्दा बढी कोभिड संक्रमित थपिएका बेला पछिल्लो प्रदर्शन भएको हो । फ्रान्सको तल्लो सदनले बाहिर गएर खान, हिडडुल एवं यात्रा गर्न र साँस्कृतिक कार्यक्रममा सहभागी हुन अनिवार्य खोप लगाउनुपर्ने सरकारी विधेयक बिहीबार नै पारित गरेको छ ।

उक्त विधेयक जनवरी १५ देखि लागू गर्ने फ्रान्स सरकारको अपेक्षा रहेको छ । तर, सिनेटका सदस्यले नियम कार्यान्वयनमा अड्को थापेर ढिलाइ गर्नसक्ने बताइएको छ ।

अष्ट्रियाको राजधानी भियनामा समेत झण्डै ५० हजार मानिसले आगामी महिनादेखि लागू हुने अनिवार्य कोभिड खोपसम्बन्धी नियमको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् । यसबाहेक, कोभिड खोपलाई अनिवार्य बनाउने तयारी गरेको जर्मनीका विभिन्न शहरमा समेत प्रदर्शन भएको छ ।

इटलीमा पनि ५० वर्षमाथिका मानिसले अनिवार्य खोप लगाउनुपर्ने नियमविरुद्ध प्रदर्शन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?