+
+

एमालेको बाँके जिल्ला अध्यक्षमा कक्षपति सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते ८:२७

२६ पुस, दाङ । नेकपा (एमाले) बाँके जिल्ला अध्यक्षमा किस्मतकुमार कक्षपति सर्वसम्मत चयन भएका छन् । निरक गुरुङले अध्यक्षको उम्मेदवारी फिर्ता लिएपछि कक्षपति सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा डिल्ली बिसी यसअघि नै सर्वसम्मत भइसकेका थिए । सचिवमा भने अझै टुंगो लागेको छैन ।

अध्यक्ष मडण्लले सचिव पदमा रत्न खत्रीलाई प्रस्ताव गरेको थियो । उनीसँगै भीम ओली र बलराम भट्टराई पनि सचिवका दाबेदार छन् ।

उपसचिवमा महिलातर्फ भुमिश्वरा धिताल निर्विरोध निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?