+
+

नेपाल एयरलाइन्स अहिलेकै मोडलमा चल्न सक्दैन : अर्थ सचिव मरासिनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १२:५८

२६ पुस, काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) अहिलेको मोडलमा चल्न नसक्ने बताएका छन् ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा अर्थ सचिव मरासिनीले वैकल्पिक मोडलमा नगएसम्म नेपाल वायुसेवा निगम ठीक ढंगले चल्न नसक्ने बताएका हुन् । ‘जतिसक्दो छिटो रिफर्म गरेर देखायोस्’ उनले भने ।

निगमसँग व्यवस्थापन सुधार गर्ने र कम्पनी मोडलमा सञ्चालन हुने विकल्प रहेको सचिव मरासिनीले बताए । अहिलेकै अवस्थामा सरकारले नेपाल वायु सेवा निगमलाई थप बजेट दिन नसक्ने भन्दै उनले नयाँ व्यवस्थापनले संस्था सबलीकरणको योजना ल्याउनु पनि उनले बताए ।

‘ग्राउन्ड ह्यान्डिलिङको शतप्रतिशत स्वामित्व नदिने हो भने निगमले तलब खुवाउन पनि सक्ने अवस्था छैन’, उनले भने, ‘जतिसक्दो छिटो संस्था चल्ने मोडलमा रुपान्तरण गर्नै पर्छ ।’

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र चिनियाँ जहाज खरिद गर्दाको समेत गरी ४७ अर्ब रुपैयाँ दायित्व पुगेको भन्दै अर्थ सचिव मरासिनीले अब निगममा तत्काल थप लगानीको सम्भावना नरहेको बताए ।

विगतमा अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट जहाज किन्ने निर्णय भएको स्मरण गराउँदै उनले सो जहाज खरिदको जिम्मेवारीबाट कुनै पनि निकाय उम्कन नमिल्ने धारणा राखे । ‘वाइडबडी जहाज खरिद गर्दा नेपाल एयरलाइन्सको बिजनेस प्लानमा सबै सहमत भएको होइन ? यसलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने ।

अहिले कोरोना महामारीले एयरलाइन्सको व्यापारमा परेको विश्वव्यापी प्रभावलाई समेत नबिर्सन अर्थसचिव मरासिनीले आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?