
२६ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ ।
आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो ।
यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउदैछ । यो दिवसमा मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई रु ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम प्रदान गरिने बताए ।
यस्तै, मधेस आन्दोलनमा घाइतेलाई पनि रकम प्रदान गरिने उनले बताए । उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिए ।
प्रतिक्रिया 4