+
+

जनताको साथ र सहयोगले अडानमा कायम छु : सभामुख सापकोटा

रासस रासस
२०७८ पुष २६ गते १८:०८

२६ पुस, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताएका छन् ।

गृह जिल्ला सिन्धुपाल्चोकको दुईदिने बसाइँका क्रममा आइतबार लिसङ्खुपाखर गाउँपालिका–३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रममा सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताए ।

शनिबार बेलुका जिल्लाको ठूलो पाखरमा स्थानीयवासीको घरमा बसेर कार्यक्रमस्थल पुगेका सभामुख सापकोटाले भने, ‘यो देशमा सबै असल हुँ भन्ठान्छन्, सबैले राम्रो काम गर्छु भन्ठान्छन्, राम्रो काम गर्छु भनेर इच्छा गरेर मात्रै हुँदैन, त्यसका लागि असाधारण खालको दृढता चाहिन्छ, फाँसीमा लड्किन तयार पनि हुन सक्नुपर्छ र सबै कुरा त्याग्नुपर्छ ।

‘मलाई नेपाली जनताको साथ प्राप्त छ, म नेपाली जनताप्रति ऋणी छु, नेपाली जनताप्रति म श्रद्धाले शिर झुकाउँछु ।’ उनले भने,’म तपाईहरूका अगाडि उभिएर प्रतिज्ञा गर्छु कि जिन्दगीको अन्तिम घडीसम्म म जहाँ रहन्छु, जुन पदमा रहुँ वा नरहुँ, नेपाली जनताका लागि लडिरहने छु, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन ।’

सभामुख सापकोटाले ०६२ चैत १४ गते जिल्लाकै ठोकर्पामा हात, पेट र तिघ्रामा तीन गोली लागेर पनि आफू बाँचेको स्मरण गर्दै भने,’म बाँचेको छु किन भने जनताका लागि बाँचेको छु, देशका लागि बाँचेको छु ।’ आफ्नो मूल्य, मान्यता, आदर्श, देशभक्ति र सदाचारमा कुनै सम्झौता नगर्ने दोहोर्‍याए । भारतका देशभक्त शहीद भगतसिंहको स्मरण गर्दै उनले आफू जिन्दगीको अन्तिम घडीसम्म उभिइरहन चाहेको बताए ।

साथै अरू देशमा एउटा सांसद सभामुख भएपछि सो स्थानमा अर्को प्रतिनिधि तोकिने व्यवस्था रहेको बताउँदै उनले नेपालमा त्यो व्यवस्था नभएका कारण जनतासँगको भेट पातलो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?